Call us +123-456-78-09

Opening Hours Mon-Sat: 9:00 AM - 5:00 PM

Address 12 Lake Street, New York, NY

Bhaktapur Doctors Society Health Articles मधुमेहको एक जटिलताःडायविटिक फुट
diabetic foot manage

मधुमेहको एक जटिलताःडायविटिक फुट

dr.sarmila gaiju

ढोकाबाट अन्दाजी सत्तरी वर्षका बुढो बुबा ह्विलचियरमा इमर्जेन्सी कक्षभित्र पस्छन् । “बुबालाई के समस्या छ ?”, ह्विलचियर डो¥याउ“दै आएका छोरालाई म प्रश्न गर्छु ।
“बुबाको खुट्टामा घाउ भएको छ । त्यसैको उपचारको निम्ति आएको”, उनको जवाफ ।
काउन्टरबाट एउटा इमर्जेन्सी टिकट ल्याउन र कार्यालय सहयोगी दाइलाई बुबालाई ड्रेसिङ कक्षमा पु¥याइदिन आग्रह गर्छु । बुबाको दाहिने खुट्टा एउटा रातो कपडाले बेरिएको थियो । कपडा हटाउ“छु त पाकेको घाउको नमीठो गन्ध नाकमै ठोक्किन पुग्छ र कोठाभरि फैलिन्छ । घाउ भएको खुट्टा सुन्निएको छ र घाउको वरिपरिको छाला रातो अनि तातो छ । पिप पनि जमेको रहेछ ।


“कति भयो बुबा घाउ भएको ?”
“घाउ त पहिले सानो थियो, निको होला भनेर बसेको, अहिले त यस्तो भएछ । करिब ३–४ हप्ता भयो कि ”


बुबाले ५–६ वर्षदेखि मधुमेह रोगको औषधि खाइरहनुभएको रहेछ । आवश्यक रगतको जा“चहरू पठाइयो, घाउ सफा गरियो र आवश्यक औषधिहरू दिएपछि थप उपचारको निम्ति काठमाडौ“ रिफर गरियो, डायग्नोसिस (म्ष्बनलयकष्क) डायविटिक फुट राखेर ।


करिब २ महिनापछि नजिकैको एउटा गाउ“मा अपा­ङ्गताको परिचयपत्र वितरण कार्यक्रम थियो । “नमस्कार ⁄ डाक्टर साहेब” सुने सुने जस्तो आवाज कानमा पर्छ, आवाजतर्फ हेर्छु त उही बुबा हुनुहु“दो रहेछ । अहिले पनि ह्विलचियरमै तर फरक यति हो कि पहिले रातो कपडाले बेरिएको दाहिने खुट्टा अहिले बा“की रहेन । काठमाडौ“को अस्पतालमा भर्ना भएको केही दिनमै बुबाको ज्यान जोगाउनको निम्ति घु“डामुनिको भाग काटेर फाल्नुपर्ने भएछ । मन चिसो भयो । एकदम नरमाइलो लाग्यो ।


“हेलचेक्रयाइ“ नगरी समयमै घाउको जा“च गरी उपचार गरेको भए आज यस्तो अवस्था आउने थिएन । यस्तै भयो नियतिको खेल”, बुबाको आ“खा टिलपिल गरी भरिन थाल्छ अनि लामो सास लिनुहुन्छ । तर, अब पश्चातापको कुनै औचित्य थिएन । बुबालाई अपाड्डताको परिचयपत्र दिए“ । सा“झ घर फर्केर बुबालाई त्यस्तो अवस्थामा पु¥याउने जटिल अवस्था– डायविटिक फुटसम्बन्धी जानकारीको लागि केही लेख्न थाले“ ।


डायविटिक फुट के हो ?

यो लामो समयदेखि मधुमेह रोगबाट ग्रसित बिरामीहरूमा मधुमेहको कारणले गर्दा हुने एक प्रकारको जटिलता हो । डाइवेटीक सुन्दा हेर्दा सामान्य लाग्ने यो सानो घाउबाट सुरु हुन्छ । समयमै उपयुक्त उपचार नपाएमा खुट्टा नै काटेर फाल्नुपर्ने जस्तो ठूलो जोखिम पनि रहन्छ । कुनै कुनै बिरामीमा खुट्टाको घाउको सङ्क्रमण शरीरभरि फैलिएर क्भउतष्अ क्जयअप हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।

diabetic foot

तथ्याड्ढअनुसार मधुमेहका बिरामीहरूमध्ये १५–२५ प्रतिशतमा यो समस्या देखिन सक्छ । कोही बिरामीहरू मधुमेहको पहिचानमा ढिलाइ भएर ‘डायविटिक फुट’ नै मुख्य समस्या लिएर अस्पताल आउन सक्छन् ।
त्यसैले कोही पनि व्यक्तिले खुट्टाको घाउलाई बेवास्ता गर्नुहु“दैन । यो समस्या ४५ वर्ष माथिको उमेर समूहमा बढी देखिएको छ भने धूमपान र मदिरापान गर्ने व्यक्तिहरूमा पनि यसको जोखिम बढेको पाइएको छ ।


डाइवेटीक फुट कसरी हुन्छ ?

लामो समयदेखि मधुमेह भएका बिरामीहरूको स्नायुहरूमा पनि नकारात्मक असर पुगेको हुन्छ जसलाई डायविटिक न्युरोप्याथी ९म्ष्बदभतष्अ ल्भगचयउबतजथ० भनिन्छ । जसअन्तर्गत क्भलकयचथ ल्भगचयउबतजथ अर्थात् घाउ भए पनि दुखाइको महसुस कम हुने, ःयतयच ल्भगचयउबतजथ अर्थात् खुट्टाका मांसपेशीहरूले शिथिल हुने र ब्गतयलयmष्अ ल्भगचयउबतजथ अर्थात् छाला धेरै सुख्खा हुने अनि चिरा पर्न थाल्ने आदि पर्दछन् ।


यसकारणले सानोतिनो घाउ बेवास्ता गरिन्छ र घाउ ठूलो भएपछि मात्र स्वास्थ्य संस्थामा आउने हुन्छ । साथै ती बिरामीहरूको रक्तनलीको भित्ता बाक्लो हुने र नली सा“घुरो हुने भएकोले रक्त सञ्चार राम्ररी हुन पाउ“दैन र घाउ निको हुन धेरै समय लाग्छ । यसको साथै बिरामीहरूको रगत र तन्तुहरूमा सुगरको मात्रा बढी हुनाले सङ्क्रमण लाग्ने किटाणुहरू हुर्किन÷बढ्न राम्रो वातावरण मिल्छ र घाउ झन् जटिल बन्दै जान्छ ।


लक्षणहरू

डायविटिक फुटको मुख्य लक्षणहरू अन्तर्गत लामो समयसम्म घाउ निको नहुने, दुख्ने, घाउबाट पीप निस्कने, गन्ध आउने, खुट्टा सुन्निने, घाउको वरिपरिको छाला रातो हुने र छामेर हेर्दा तापक्रम बढ्ने, बेलाबेलामा खुट्टा झमझम गर्ने, हड्डी वा जोर्नी दुख्ने आदि हुन्छ । अझ जटिल अवस्थामा खुट्टाका कोषहरू मर्दै जाने र छालाको रङ कालो वा खैरो हुन थाल्छ जसलाई न्बलनचभलभ भनिन्छ ।

उपचार

कुनै घाउँ एक महिना वा सोभन्दा बढी समय हु“दा पनि निको भएको छैन भने वा पहिलेदेखिको मधुमेहको बिरामीमा कुनै घाउ देखिएमा तुरुन्त डाक्टरको परामर्श लिन जानुपर्छ । स्वास्थ्य संस्थामा रगतको जा“च, सुगरको जाच, घाउको पीपको जाच, खुट्टाको एक्स–रे, भिडियो एक्स–रे आदि आवश्यक जा“चहरू गरिन्छ । मरिसकेका कोषतन्तुहरू फाल्ने दिनहु घाउ राम्ररी सफा गर्नुपर्छ । त्यस्तै जटिल अवस्थामा अन्तिम विकल्पको रूपमा खुट्टाको केही भाग काटेर फाल्नुपर्ने पनि हुनसक्छ । डायविटिक फुट भएका बिरामीले आफ्नो आ“खाको पर्दा (रेटिना) र मृगौलाको पनि जा“च गराउनुपर्छ ।

डायविटिक फुट हुन नदिने उपायहरू

एउटा प्रचलित भनाइ छ– रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ । तसर्थ, समयमै नियमितरूपमा रोकथामका उपायहरू अपनाएर सामान्य जोखिमहरूबाट बच्नु बुद्धिमानी हुनेछ । डायविटिक फुटको रोकथामको निम्ति सबैभन्दा पहिलो कुरा नियमित औषधिसेवन र मधुमेहको नियन्त्रण नै हो । अर्थात्, रगतमा सुगरको मात्रा नियन्त्रण गर्ने र दोस्रो महत्वपूर्ण कुरा ‘खुट्टाको हेरचाह’ रहेको छ । खुट्टाको हेरचाहअन्तर्गत ध्यान दिनुपर्ने कुराहरू निम्न छन् –

१. खुट्टाको हेरचाहः

कुनै घाउ भएको वा चिरा परेको, फोका उठेको, सुन्निएको छ वा छैन भनी हरेक दिन अफ्नो खुट्टा र पैतालो आफै“ले जा“च गर्ने ।

खुट्टालाई मन तातो पानीमा डुबाउने र नरम स्फेन्जले मज्जास“ग धुने । तर, पानीमा डुबाउनु अघि पानीको तापक्रम जा“च्नुपर्छ किनभने खुट्टाको तापक्रम महसुस गर्नसक्ने क्षमता कम भएको हुन्छ जसले गर्दा खुट्टा जल्न सक्छ । राम्ररी धोइसकेपछि नरम रुमालले पुछेर सुख्खा बनाउनुपर्छ । त्यसपछि नरिवलको तेल मज्जाले लाउने ।

२. उपयुक्त जुत्ता प्रयोग गर्ने

सधै“ उपयुक्त जुत्ताको प्रयोग गर्ने, जुत्ता धेरै कसिएको हुनुहु“दैन । बाहिर जा“दा सकेसम्म चप्पल नभई Soft जुत्ताको प्रयोग गर्नुपर्छ र घरमा पनि जुत्ताचप्पल लगाउने बानी बसाल्नुपर्छ । अर्काे महत्वपूर्ण कुरा जुत्ता लगाउन अगाडि बालुवा, ढुङ्गाजस्ता गढ्ने बिझाउने वस्तु छ छैन राम्ररी हेर्नुपर्छ ।

3. नियमितरूपमा नङ काट्ने र सफा गर्ने गर्नुपर्छ ।
4. कम्तीमा वर्षमा एक पटक डाक्टरसमक्ष खुट्टाको जा“च गराउनु पनि आवश्यक छ ।

यसको अलावा नियमित व्यायाम गर्ने र धूमपान मद्यपान नगर्ने । यी कुराहरू हेर्दा एकदम सामान्य र सानो कुरा लाग्छ । तर, यस्तै सामान्य कुराहरूमा बेवास्ता गर्दा नै पछि जटिल समस्याहरू आउने गर्छन् ।


मधुमेह एउटा दीर्घकालीन रोग हो । यसले मानिसको शारीरिक, मानसिक, आर्थिक र सामाजिक सबै पाटोमा असर गरेको हुन्छ । अन्ततः जीवनको गुणस्तरमा नै ¥हास आउने हुन्छ । यसैले समयमै रोकथामका उपायहरू अपनाउने र उपयुक्त उपचार गर्ने हो भने डायविटिक फुट, डायविटिक रेटिनोप्याथी, डायविटिक ल्भउजचयउबतजथ जस्ता जटिलताहरूबाट बच्न सकिन्छ ।
(डा. शर्मिला गाईंजू हाल नुवाकोट जिल्लाको त्रिशुली जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *