Skip to content

Computer Vision Syndrome: Prevent Eye Strain Tips

  • by
dr.tina shrestha
Dr. Tina Shrestha, Consultant Opthalmologist, Dulikhel Hospital

एक्काईसौं शताब्दीमा संचार प्रविधिको उल्लेखनीय क्रान्तिकारी परिवर्तन सर्वविदितै छ । प्रत्येक मानिसको हात–हातमा मोबाइल, ल्यापटप, कम्प्युटर र घर–घरमा इन्टरनेटको उपलब्धताका कारण मानिसहरुलाई नयाँ काम गर्ने, एक–अर्कोसँग जोड्न सजिलो बनाएको भएता पनि यसको दुरुप्रयोग पनि उतिकै बढको छ । मोबाइलबाट मानिसहरु पढ्ने, लेख्ने, खेल्ने सबै कामहरु गरिरहेका हुन्छन । विगत लकडाउनमा पठनपाठन बन्द भएपछि प्रायः मानिसहरु घरमै बसी online Class लगायत अफिसको काम पनि घरमै बसी कम्प्युटर मध्यमबाटै हुने भएकोले आँखाको समस्या पनि प्रमुख देखेको छ ।

देश विदेशका समाचार पत्रिकाहरुमा इलष्लिभ पढ्ने, इलष्लिभ ऋबिकक र कम्प्युटरको बढी प्रयोगले समस्याको रुपमा धेरैजनालाई आँखा MYOPIA (अदुर दृष्टि) अनि Computer Vision Syndrome भएको देखाएको छ । American Academy Of Ophthalmologyले गरेको अनुसन्धान अनुसार १४ लाख मानिसहरुमा दुरदृष्टि को समस्या देखाएको छ भने सन् २०५० सम्ममा संसारको अझ आधा जनतामा यो समस्या देखिने अनुमान गरिएको छ । त्यस्तैगरी “चीनमा गरिएको अनुसन्धान अनुसार जसले दिनमा ४ घण्टा मोबाइल चलाउँछ ७६.७५, ३ घण्टा चलाउँदा ६२.४५, २.५ घण्टा भन्दा कम चलाउँदा ४९.१५ मा दुरदृष्टि को समस्या देखिएको छ ।”

मोवाइल र कम्प्युटर चलाउदा आखामा देखिने लक्षणहरु

१. आँखाको नजिकबाट न्बमनभत को स्क्रिन लामो समयसम्म प्रयोग गर्दा आँखा सुख्खा हुने, निन्द्रा नपर्ने साथै दुरदृष्टि को समस्या देखिन्छ ।
२. लामो समयसम्म नजिकबाट मोबाइलको स्क्रिन हेर्दा आँखाको झिम्काई कम हुन्छ । साधारणतया हरेक १ मिनेटमा १४–१६ पटक आँखा झिम्क्याई हुन्छ र त्यसले गर्दा आँखा सुख्खा हुनबाट बचाउन आँशु उत्पादन हुन्छ । मोबाइल लामो समयसम्म चलाउँदा आँखा झिम्क्याई कम हुँदा आँखा रातो हुने, बिझाउने, चिलाउने, थाक्ने, बालुवा पसे जस्तै असजिलो हुन्छ ।
३. मोबाइलबाट नीलो प्रकाश निस्किन्छ । नीलो प्रकाशले हाम्रो शरीरमा निन्द्रा लाग्ने ःभबितयलष्ल भन्ने रसायन तह घटाउँछ । त्यसले गर्दा बच्चाहरुमा निन्द्रा नलाग्ने, थाक्ने र पढाई मा ध्यान त्यति नै हुन्छ ।
४. मोबाइलको बढी प्रयोग गर्दा मानसिक असर पनि गरेको हुन्छ । एग्द्यन्, ऋबिकज या ऋबिलक जस्तै अरू मोबाइलका गेमहरुले म्भउचभककष्यल र अरू मानसिक समस्या निम्त्याउँछ ।

समाधानहरु ( Tips for Eye Strain Prevention )

१. आँखाको नियेमित जाँच गराउने ।
२. कम्प्युटर र आँखाको दुरी १४–३० इन्च सम्म राख्ने । कम्प्युटर र आँखा को बलनभि १५ डिग्री बनाउने ।
३. खान खाने बेलामा र सुत्नु अगाडी कम्तिमा १ घण्टा कम्प्युटर वा मोवाइल नचलाउने ।
४. कम्प्युटर या मोवाइल चलाउँदा नियमित आँखा झिम्क्याउने ।
५. कम्प्युटरमा काम गर्दा २०–२०–२० को नियम अपनाएर हरेक २० मिनेट पछि २० फिट पर २० सेकेन्ड हेर्ने ।
६. कम्प्युटर वा मोबाइल चलाउँदा बिचबिचमा कफी÷चिया विश्राम लिने र शरीर तन्काउने जस्ता ब्यायाम गर्ने ।
७. कम्प्युटर वा मोबाइल चलाउँदा, आँखाको पावर ठिक भए पनि ब्लतष्–चभाभिअतष्खभ वा द्यगिभ–अगत चस्मा लगाउने ।
८. आँखाको केहि समस्या वा रोग भएमा समयमा नै आँखा चिकित्सकसंग नियमित रुपमा जाँच गराउने ।
९. बच्चाहरुलाई कम्प्युटर वा मोवाइल भन्दा पनि क्ष्लमययच न्बmभक खेलाउने ।
१०. अमेरीकन बाल चिकित्सक संस्थाद्वारा बच्चाहरुलाई कति समयसम्म कम्प्युटर वा मोवाइल चलाउने भन्ने निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *